Thursday , December 12 2019
Home / स्वास्थ्य / कपाल झर्न रोक्ने यी हुन ७ घरेलु उपाय

कपाल झर्न रोक्ने यी हुन ७ घरेलु उपाय

काठमाडौं । विश्वव्यापी रूपमा सबैभन्दा सामान्य समस्याहरू मध्ये कपाल झर्ने पनि एउटा समस्या हो । अहिले कुल जनसंख्याको एक तिहाइलाई जनसंख्यालाई असर गरि रहेको छ । कपाल झर्नु एक प्राकृतिक घटना हो ।

कपाल झर्ने थुप्रै कारणहरू हुन सक्छन् जसमा आहार, खनिजको अभाव, औषधी, तनाव, प्रदूषण र आनुवंशिकी आदि हुन सक्छन् । क्याप, टोपी वा हेलमेट राख्नु पुरुषमा अर्को कारण हुन सक्दछ । आज हामी कपाल झर्न रोक्ने तरिकाहरुका बारेमा चर्चा गर्न गइरहेका छौं ।

नियमित रूपमा कपाल धुदा हल्का शैम्पूले धुनु पर्छ ।
दैनिक कपाल धुने र टाउको सफा राख्नु पर्छ । त्यसो गर्नाले, बाहिरी संक्रमण र डेन्ड्रफको जोखिम कम हदै जान्छ जसले कपाल झर्न रोक्न मदत गर्दछ । यसबाहेक, सफा कपालले अधिक भोल्युमकोमात्रा पनि दिन्छ ।

भिटामिन
भिटामिन न केवल समग्र स्वास्थ्यको लागिमात्र राम्रो नभएर कपालको लागि पनि अत्ति उत्तम हुन्छ । मानिसलाई जसरी बिभिन्न किसिमका भिटामिनको आवश्यकक्ता पर्छ त्यसरी नै कपाललाइ पनि भिटामिनको आवश्यकक्ता पर्दछ । कपाललाइ भिटामिन ए को अत्ति आवश्यक हुन्छ ।

भिटामिन ए ले टाउकोमा सेम्बोलाई स्वस्थ कपाल उत्पादनलाई प्रोत्साहित गर्दछ,। भिटामिन ईले कपालको रक्त संचारलाइ राम्रो गर्दछ जसले कपालको फल्न र उमार्न मदत गर्दछ। भिटामिन बीले कपालको स्वस्थ रंग कायम राख्न मद्दत गर्दछ ।

प्रोटीनको साथ समृद्ध आहार
समृद्ध मासु, माछा, सोया वा अन्य प्रोटीन खानाले कपालको स्वास्थ्यलाई बढवा दिन्छ र फलस्वरूप कपाल झर्ने समस्यालाई रोक्न मद्दत गर्दछ ।

आवश्यक तेलको साथ स्केलप मसाज गर्ने
केहि मिनेट आवश्यक तेलले टाउकोको मालिश गर्नु पर्छ । यसले कपाललाइ क्रियाशील रहन मद्दत गर्दछ र बदाम वा तिलको तेलले जनि मासिगर्न सकिन्छ ।

चिसो कपाल नर्कोने
नुहाएको बेला कपाल एकदमै भिजेको हुन्छ कमजोर हुन्छ । भिजेको कपाल कोर्दा कपाल झर्ने सम्भावना बढी हुन्छ । त्यसैले त्यस बेला कपाल कोर्नु उचित हुदैन ।

लसुन,प्याज, अदुवाको रस लगाउँने
लसुन,प्याज, अदुवाको रस कपालमा लगाउँनाले कपाल झर्ने समस्याबाट छुट्कारा पाउँन सकिन्छ । एक हप्ता सम्म बेलुका यसको रस लगाएर र बिहान धुनपर्छ ।

धुम्रपान त्याग्नु
चुरोट पिउँदा सितजभ्गटमा रगतको मात्रा कम हुन्छ जुन टाउकोमा जान्छ र यसले कपालको बृद्धिमा कमी ल्याउँछ।त्यसैले कपाल झर्न रोक्न धुम्रपान त्याग्नु आवश्यमक हुन्छ ।

यस बाहेक दैनिक ब्यायम गर्ने , चिन्ता नलिने रसायनयुक्त कुरा कपालमा नलगाउँने , आदि गर्नाले कपाल झर्ने समस्याबाट छुट्करा पाउन सकिन्छ । जनबोली बाट

About Anurag Post

Check Also

चश्मा लगाउनेहरुलाई ठूलो झड्का : हुन्छ यस्तो डरलाग्दो असर

काठमाडौ । अहिले धेरैले चश्मा लगाउने गर्दछन् । कतिले आँखाको सुरक्षाका लागि त कतिले आँखा …

Leave a Reply

Your email address will not be published. Required fields are marked *