Friday , August 23 2019
Home / अनुराग पोष्ट / विवादपछि गायक पशुपति शर्मा पहिलो पटक न्यूज–२४ टेलिभिजनमा

विवादपछि गायक पशुपति शर्मा पहिलो पटक न्यूज–२४ टेलिभिजनमा

काठमाडौं । ‘लुट्न सके लुट…’ गीतका कारण विवादमा छन् गायक पशुपति शर्मा । सिर्जनाकै कारण अक्सर चर्चा र बेला–बेलामा विवादमा आउने पात्र हुन् शर्मा ।

देश, काल र परिस्थितिलाई शब्दमा उतारेर जनप्रिय गीत गाउने स्रष्टा शर्माको पछिल्लो गीत ‘लुट्न सके लुट…’ राजनीतिक कोपभाजनको शिकार बनेको ठानिएको छ । सरकार विरोधीले सरकारकै दबाबका कारण शर्माले यू–ट्युबबाट गीत हटाएको दावी गरिरहँदा शर्माले भने ‘स्व–इच्छा’ले भनेका छन् ।

सत्तारुढ नेकपाका कार्यकर्ताले शर्माको ‘नियत’मै प्रश्न उठाएर आलोचना गर्दा सरकार विरोधी कित्ताले सरकारले अभिव्यक्ति स्वतन्त्रता छिन्न खोजेको आरोपसमेत लगाएका छन् ।

खासमा यो प्रकरण के हो ?, शर्माले गलत नियतले नै गीत बनाएका हुन या अनावश्यक उचालिएको हो ? अव गीत परिमार्जन हुन्छ कि हुँदैन ? जस्ता प्रश्नको जवाफ शर्माले न्यूज–२४ टेलिभिजनमार्फत दिएका छन् । बाँकी भिडियोमा हेर्नुहोलाः

source:news24nepal

About Anurag Post

Check Also

चेतावनी : पत्रपत्रिकामा राखेका खानेकुरा कहिल्लै नखानुहोस्, मसीमा हुन्छ यस्तो डरलाग्दो रसायन ?

काठमाडौं । पत्रपत्रिका वा कागजमा मिठाईहरु राखेर खाने अहिले धेरैको बानी हुन्छ । के गाउँ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *