Monday , October 14 2019
Home / अन्तराष्ट्रिय / खेलकुद / ‘विश्वकप २०१८’: आज दाबेदार दुई टोली जर्मनी र ब्राजिल आ-आफ्नो प्रतिद्वन्द्धी विरुद्ध उत्रदै

‘विश्वकप २०१८’: आज दाबेदार दुई टोली जर्मनी र ब्राजिल आ-आफ्नो प्रतिद्वन्द्धी विरुद्ध उत्रदै

कोस्टारिका भर्सेस सर्विया

काठमाडौं । समूह ई अन्तरगत आज पहिलो खेलमा कोस्टारिकाले सर्वियाविरुद्ध भिड्दैछ । पहिलोपटक विश्वकप खेल्दा नै अन्तिम १६ मा पुग्ने टिम हो कोस्टारिका । फिफा वरियतामा २५ औँ स्थानमा रहेको कोस्टारिकाले सन् १९९० मा पहिलो पटक विश्वकपको स्वाद लिएको थियो । उता कोस्टारिकाविरुद्ध मैदान उत्रिन तम्तयार अवस्थामा छ सर्विया, फिफा वरियतामा ३५ औँ स्थानमा रहेको सर्बियाको यो १२ औँ विश्वकप सहभागिता हो ।

सर्बिया सन् १९३० र १९६२ मा गरेर दुईपटक सेमिफाइनलसम्म पुगेको टोली हो । २००६ मा स्वतन्त्र राष्ट्र भएपछि यसपटक सर्बियाको दोस्रो विश्वकप सहभागिता हो । पहिलोपटक सन् १९३० मा विश्वकप खेलेको सर्बियाको खेल पनि सरप्राईज हुन सक्ने देखिएको छ । यी दुईको खेल नेपाली समय अनुसार पौने ६ बजे सामारा एरेनामा हुनेछ ।

मेक्सिको भर्सेस जर्मनी

रुस विश्वकप सन् २०१८ को उपाधि प्रमुख दावेदार हो जर्मनी, समुह एफ अन्तरगत आज जर्मनीले मध्यमस्तरको राष्ट्र मेक्सिकोविरुद्ध खेल्दैछ । सन् १९३४ देखि विश्वकप खेल्न थालेको जर्मनी चार पटक विश्व विजेता बनेको छ । पहिलो पटक १९५४ मा च्याम्पियन बनेको जर्मनीले १९७४, १९९० र अन्तिम पटक २०१४ मा जितेको थियो । साविक विजेताकोरुपमा जर्मनीले रुसमा सवै टोलीलाई चुनौती पेश गर्नेमा दुई मत छैन । टिम फर्माट, र टिम गेममा सधै राम्रो मानिने जर्मनी यो पटक पनि त्यस्तै लयमा देखिएका छन् ।

गत संस्करणको ब्राजिल विश्वकपमा होम टिम ब्राजिललाई सेमिफाइनलमा ७–१ ले हराएको र फाईनलमा अजेन्र्टिनालाई एक शुन्यले हराएको जर्मनीका लागी यो सस्करण अर्जेन्टिना र ब्राजिल प्रमुख चुनौती बन्न सक्छ । १८ पटक विश्वकप खेलेको जर्मनी ब्राजिलपछिको सफल टिम हो । अहिलेसम्म १३ पटक सेमिफाइनलमा पुगेको जर्मनीले ८ पटक फाइनल खेलेको छ । मेक्सिको, समुह चरणको पहिलो खेलमा जर्मनी जस्तो बलियो टिमको सामना गर्नु मेक्सिकोको प्रमुख चुनौती बनेको छ ।

तर लामो समय देखि विश्वकपमा लगातार अन्तिम १६ बाट बाहिरिएको पुरानो छविलाई मेक्सिको मेटाउन चाहन्छ । सन् १९३० मा पहिलो विश्वकप खेलेको मेक्सिकोको यो १६ औँ विश्वकप हो । यी दुईको खेल नेपाली समय अनुसार पौने नौ बजे लुजनिकी स्टेडियममा हुनेछ ।

ब्राजिल भर्सेस स्वीट्जरल्याण्ड

पाँच पटकको विश्व विजेता ब्राजिल गएको विश्वकपमा घरेलु मैदानमै सेमिफाइनलमा जर्मनीसँग ७–१ ले पराजित भएको थियो । छैटौं पटक विश्वकप जित्न यो पटक यसपटक ब्राजिलसग राम्रो टोली छ । यो पटक ब्राजिलसग २०१४ का स्टार नेयमार बाहेक, थिएगो सिल्भा, एन्डरसन, मार्सेलो लगायतका खेलाडी छन् । पाँच पटकको विजेता ब्राजिलललाई यो पटक धेरै समर्थकको साथ पाएको छ ।

२० सहभागितामा ११ पटक सेमिफाइनलमा पुगेको ब्राजिलले सातपटक फाइनल खेलेको छ । ब्राजिललाई आज फिफा वरियतामा छैटौँ स्थानमा रहेको स्वीट्जरल्याण्डले चुनौती पेश गर्दैछ ।

तीन पटक क्वाटरफाइनलसम्म पुगेको स्वीट्जरल्याण्डले ११ औँ पटक विश्वकप विश्वकपमा खेल्दैछ । सन् २०१४ को ब्राजिल विश्वकपमा राम्रो प्रर्दशन गरेको स्वीजरल्याण्डको टोलीमा यो पटकको थप निखार आएको छ । यी दुई टोलीबीचको खेल राति ११.४५ बजे रोस्तोभ एरिनामा हुने छ ।

source:news24nepal

About Anurag Post

Check Also

अार्इपीएलबाट फर्केका सन्दीपलार्इ गृहमन्त्रीले भने- ‘सिकेको काैशल देशका लागि प्रयोग गर्नू’

काठमाडाैं । इन्डियन प्रिमियर लिग (आर्इपीएल) २०१८ मा उच्च प्रदर्शन गर्दै बलर सन्दीप लामिछाने स्वदेश फर्किएका …

Leave a Reply

Your email address will not be published. Required fields are marked *