Friday , August 23 2019
Home / अन्तराष्ट्रिय / खेलकुद / विश्वकप फुटबल अपडेटः रुसद्वारा दुई गोल हान्न सफल

विश्वकप फुटबल अपडेटः रुसद्वारा दुई गोल हान्न सफल

रुसको मस्को शहरस्थित लुजनिकी रंगशालामा भएको विश्वकप फुटबलमा रुसले दुई  गोल हान्न  साफल भएको छ  ।

विश्वकप फुटबलको पहिलो खेलमा आयोजक राष्ट्र रुस र साउदी अरेबियाबीच भइरहेका छन् । खेल सुरु भएको १२ औं मिनेटमा रुसका ८ नम्बरका खेलाडी युरी गाजिन्स्कीले हेडमार्फत गोल गरेका हुन् । हेड गर्नका लागि उनलार्इ अलेक्सान्द्र गाेलाेभिनले क्रस पास दिएका थिए । रुसले दोश्रो गोल पनि हेनेको छ   ।

समूह ‘ए’मा परेका दुई राष्ट्रका लागि जित महत्वपूर्ण हुनेछ । विश्वकपमा हालसम्मका सबैभन्दा कमजोर टिम मानिएका दुई देशका लागि समूह चरण पार गर्न जित्नै पर्ने दबाब रहन्छ ।

साउदीले विश्व कप अघि खेलेका पाँच मैत्रिपूर्ण खेलमा दुई खेलमा जित निकाल्दा तीनमा युरोपियन जाइन्टसँग पराजित भएको थियो । साउदीले अल्जेरिया र ग्रिसलाई हराएको थियो भने इटाली, पेरु र जर्मनीसँग पराजित भएको छ । रुस गत वर्ष स्पेनलाई बराबरीमा रोक्दै दबाब दिंदा ब्राजिल, फ्रान्स र अस्ट्रियासँग पराजित भएको थियो ।

source:news24nepal

About Anurag Post

Check Also

अार्इपीएलबाट फर्केका सन्दीपलार्इ गृहमन्त्रीले भने- ‘सिकेको काैशल देशका लागि प्रयोग गर्नू’

काठमाडाैं । इन्डियन प्रिमियर लिग (आर्इपीएल) २०१८ मा उच्च प्रदर्शन गर्दै बलर सन्दीप लामिछाने स्वदेश फर्किएका …

Leave a Reply

Your email address will not be published. Required fields are marked *