Monday , October 14 2019
Home / अनुराग पोष्ट / सेनाको काम गरेका ठेकेदारले सबै पैसा पाए, अमेरीका लान करोडौं ठगी गर्ने ग्रिन कार्ड होल्डर ! (भिडियोसहित)

सेनाको काम गरेका ठेकेदारले सबै पैसा पाए, अमेरीका लान करोडौं ठगी गर्ने ग्रिन कार्ड होल्डर ! (भिडियोसहित)

पुर्व प्रधानमन्त्री बाबुराम भट्राईको ट्वीटबाट आजको प्रशंग उठान गर्न चाहन्छु । डा.भट्राईको ट्वीट पहिला जस्ताको त्यस्तै सुनाउन चाहन्छु । उहाँ लेख्नु हुन्छ, ‘कछुवाकै गतिमा देश चलिरहने भयो भन्ने दसी, प्रत्यक्ष भोगियो । विदेश जान दुतावासमा भिषा निम्ती कुरा गरियो । दुतावासले परराष्ट्रबाट डिप्लोमेटीक नोट खोज्यो । परराष्ट्रले प्रधानमन्त्री कार्यालय पठायो । प्रधानमन्त्री कार्यालयले संसद सचिवालय खेद्दियो । संसद सचिवालयले फेरी परराष्ट्र फर्कायो । एउटा पुर्व प्रधानमन्त्रीको यो दशा, अरुको के ?

हो यहि हो हामीले बारम्बरा भनेको । भन्ने मात्र होइन हामी त अहिले मज्जाले चिच्याउँछौ पनि । व्युरोक्रेसीको कान काम नलाग्ने भैसकेपछि आफ्नो घाँटीको पर्वाह नगरी कराउनु हाम्रो बाध्यता हो, रहर होईन् । पुर्व प्रधानमन्त्री ज्यु त अझ विशेष अधिकार प्राप्त, प्रिभिजेज्ड लाइफ बाँच्नु हुन्छ, मुलुकको भिभिआइपी ।

आम सर्वसाधारणले भोग्ने कयौं समस्या बारे सुन्नु भएको होला, भोग्नु भएको छैन । मालपोत, वैदेशीक रोजगार, जिल्ला प्रसासन, प्रहरी कार्यालय, हरेक ठाँउमा हुने ढिला सुस्ती, विचौलीयाको ताण्डव, हाकीमको झर्की फर्की केही केही पनि देख्नु नपरेको कारण तपाई यस मानेमा धेरै भाग्यमानी ।

प्रधानमन्त्री देखि मन्त्रीसम्मले भन्ने एउटै कुरा, अब ढिलासुस्ती सहिदैन, भ्रष्टाचार सहिदैन । यो मुखले बोल्ने की हातले गर्ने ? ढिला सुस्ती सहिदैन भन्नेकी छिटो छिटो काम गर्ने ? भ्रष्ट्राचारी उम्कीदैन भन्ने कि भटाभट भ्र्रष्टाचारी समाउने ?

सेवाग्राही आउने कार्यालय सिंगल फ्लोरको होस् जहाँ एउटै झ्यालबाट सारा काम होस् । ताल न बेतालसँग ३/४ तल्ला किन राख्नु प¥यो ? अनि फाइल बोकेर त्यो कोठामा जानुस् र त्यो कोठामा जानुस् भनेर सेवाग्र्राहीलाई दौडाएको दौडाई किन गर्ने ?

तपाईको काम तपाई गर्नुस न । कार्यालय सहयोगी राखेको किन, खाली चिया मगाउन ? कोठाहरु बन्द किन राख्ने ? एउटै तल्लामा एउटै झ्यालबाट एकै छिनमा काम सकिन्छ, यदि अफिसका तल्लै पिच्छेका चिया पकाउने हिटर हटाउने हो भने ।

अमेरीका लैजाने भन्दै करोडौंको ठगी !

काठमाडौं । अमेरीका जान भनेपछि धेरै नेपालीहरु जति पैसा पनि खर्च गर्न तयार हुन्छन् । लाखौँ खर्चेर अवैधानिक बाटो अमेरीका जाँदा ठगीनेको संख्या उल्लेख्य छ । सिन्धुपाल्चोककी सीमा लामा पनि कुवेतमा बर्षाै दुख गरेर कमाएको पैसामा ऋण थपेर अमेरीका जाने सुर कसिन् ।

अमेरीकाको ग्रिन कार्ड होल्डर हस्त गौतमले उनलाई चावहीलमा रहेको जिके कन्सल्ट्यान्सीमा जान लगाए । कन्सल्ट्यान्सीका दीपिका तामाङ र गंगारामा लामालाई पैसा बुझाएपछि उनको अमेरीका यात्रा सुरु भयो । करीब २ बर्ष उनलाई कन्सल्ट्यान्सीका सञ्चालक फुलकाजी तामाङले कहिले थाइल्याण्ड कहिले इन्डोनेसिया त कहिले मेक्सीकोमा काम हुँदै छ भन्दै पैसा माग्दै राखिरहेछ । तर २ बर्षको अवधिमा उनको ४२ लाख सकियो तर अ‍ेमरीका छिर्न सकिनन् ।

खोकानाका बबिन महर्जन, रामेछापका लाङवाङ सेर्पा, भरत श्रेष्ठ, राजन श्रेष्ठलाई समेत यही गिरोहले हिम्मत २ चलचित्रको सुटिङको टिम बनाएर लैजाने भन्दै ११ लाख देखि २५ लाख सम्म लिए । पैसा मात्रै लिएनन् । चलचित्र निर्माण गर्ने नक्कली कम्पनी बनाएर टिमकारुपमा नक्कली परिचयपत्र बनाएर विभिन्न देश सम्म पु¥याए ।

रामेछापकै लोमसङ गुरुङलाई सास्ंकृतीक कार्यक्रमको लागि लैजाने भन्दै यही गिरोहले यस्तै प्रक्रियाबाट ४१ लाख लियो । तर न उनि अमेरीका पुगे न पैसा नै फिर्ता भयो । उनिहरुको पैसा बुझ्ने जिके कन्सल्ट्यान्सी अहिले अन्य व्यक्तिको नाममा छ भने दीपिका तामाङ र गंगारामा लामा सम्र्पक विहिन छन् । यसका सञ्चालक फुलकाजी तामाङ फिजिमा छन् । र उनका पार्टनर तथा अमेरीकामा सेटिङ मिलाउने हस्ते गौतम अमेरीकाको ग्रिन कार्ड होल्डर हुन् ।

ठेकेदारको लापवाहीले एक निर्दाेसको ज्यान गयो, राहतको बिषयमा केही भएन !

काठमाडौं । काठमाडौंको बल्खुस्थीत बागमती किनारको सुकुमवासी बस्तीमा लामो समयदेखि बस्दै आएकी बाँकेकी गिता महाउत फागुन ५ गते अधिकार सम्पन्न बाग्मती सभ्यता एकिकृत विकास समीतिले निर्माण सुरु गरेको पर्खालका कारण जमेको पानिमा डुबेर निधन भयो ।

श्रीमान ओमप्रकास महाउत र ३ वर्षिया छोरीसहित बागमती किनारमा जोडिएको यो टहरामा बस्दै आएकी उनि पानी फाल्न खोज्दा लडिन् र खाडलमा जमेको पानिमा डुबिन् । दिन रात २ ओटा स्क्याभेटर प्रयोग गरेर मात्रै उनको शब निस्कियो ।

अधिकार सम्पन्न बाग्मती सभ्यता एकिकृत बिकास समीतिले बागमतीका दुवै छेउमा पर्खाल लगाएको छ । पर्खालको अर्को भागमा २० मिटर गहिरो खाडल बेवारीसे छोड्दा यो घटना भएको हो । तत्कालै प्रहरीले उनको शब पोष्टमार्टम गर्न नपर्ने भन्दै दाहसंस्कार गर्न लगाइयो ।

प्रहरी तथा वडा कार्यालयबाट आयोजनाले निर्माण गरेको खाडलमा डुबेर उनको निधन भएको भन्दै सिफारीस दिए । रमन कन्सट्रक्शनले निर्माण गरिरहेका आयोजना दुर्घटनापछि माटो त हाल्यो तर मृतकको राहतको बिषयमा केही गरेन ।
निधन भएको २ महिनासम्म पनि बागमती सभ्यता एकिकृत बिकास समीतिले क्रिया खर्च बाहेक अरु दिन नसक्ने भन्दै बेवास्ता गरेको छ ।

यस अघि सोही स्थानमा श्रीर्जन महाउत समेत त्येही खाडलमा डुबेका थिए तर उनको तत्काल उद्धार भएका कारण बाँचेको थिए ।
पर्खालका लागि बनाइएको खाल्डो पुर्न स्थानीयहरुले पटक पटक वडा कार्यालय हुँदै पनि बागमती सभ्यता एकिकृत विकास समीतिलाई समेत निवेदन दिए । यो खाडलले दुर्घटना निम्त्याउन सक्ने भन्दै स्थानियहरुले सरोकार बाला सबै कार्यालयहरु धाए तर कसैले सुनेन ।

यही कारण २० बर्षीया गिता महाउतले ज्यान गुमाइन् । यो आयोजन २ बर्षदेखि नै अलपत्र अवस्था थियो । अहिले यो सुकुमवासी बस्तीका स्थानीयहरु एक जुट भएर गिता महाउतको परिवारको न्यायको लागि हिँडिरहेका छन् तर उनिहरुको कुरा कसले सुन्ने ?

मुलुकको हितका लागि निजी क्षेत्रसँग सहकार्य गर्न सरकार तयार छः अर्थमन्त्री खतिवडा

काठमाडौँ : अर्थमन्त्री डा युवराज खतिवडाले मुलुकको हितका लागि सरकार निजी क्षेत्रसँग सहकार्य गर्न तयार रहेको बताउनुभएको छ ।

नेपाल उद्योग परिसंघ र नेपाल आर्थिक पत्रकार समाजको आयोजनामा आज साँझ आयोजित बजेटपछिको छलफलमा उहाँले मुलुकको आर्थिक विकासमा निजी क्षेत्रको महत्वपूर्ण योगदान रहेको बताउनुभयो । “उद्योग क्षेत्रको विकासका लागि चाहिने ऐन, कानून चाँडो बनाएर सरकार नेपालको औद्योगिक विकासलाई अगाडि बढाउन चाहन्छ”, उहाँले भन्नुभयो ।

बजेट कार्यान्वयनको तालिका बनाएर सरकार अगाडि बढ्ने उहाँको भनाइ थियो । अर्थमन्त्री डा खतिवडाले आव २०७५÷०७६ को बजेटले बजेट घाटालाई निश्चित सीमाभित्र राख्ने कोशिश गरेको स्पष्ट पार्नुभयो । उहाँले आठ प्रतिशत आर्थिक वृद्धिदर हासिल गरी मुलुकमा चार लाख जनतालाई रोजगारी दिने कुरामा सरकार लागेको बताउनुभयो । कार्यक्रममा अर्थ मन्त्रालय राजश्व सचिव शिशिरकुमार ढुंगानाले महिला उद्यम विकासका लागि सरकारले प्राथमिकता दिएको बताउनुभयो ।

नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले औद्योगिक व्यवसाय ऐनलाई पूरा गर्दै लगानीको वातावरण निर्माणमा सरकार लाग्नुपर्ने बताउनुभयो । “सरकारले निजी क्षेत्रलाई दिने अभिभावकत्वको प्रतीक्षामा निजी क्षेत्र रहेको छ”, उहाँले भन्नुभयो । अध्यक्ष शर्माले उद्योग क्षेत्रमा रहेको पुरानो कानूनलाई परिवर्तन र संशोधन गर्नु आवश्यक भएको बताउनुभयो ।

कार्यक्रममा नेपाल आर्थिक पत्रकार समाजका अध्यक्ष पुष्पराज आचार्यले बजेटको समग्र अवस्थाबारे प्रकाश पार्नुभएको थियो भने विभिन्न निजी क्षेत्रका व्यक्तिले बजेटले उद्योग क्षेत्रमा पारेको प्रभाव र आगामी दिनमा उद्योग क्षेत्रको विकासका लागि गर्नुपर्ने कार्यबारे सुझाव दिनुभएको थियो ।

हामीले यी समाचार news24nepal.tv बाट लिएका हौ 

About Anurag Post

Check Also

आज राती कोजाग्रत पुर्णिमा माता लक्ष्मी पृथ्वीमा आउने रात, चम्किनेछ यी ४ राशिको भाग्य ! हेर्नुहोस

बडादशैँको अन्तिम दिन यो दिनलाई कोजाग्रत पूर्णिमा वा शरद पूर्णिमा पनि भन्ने गरिन्छ । दशैंको …

Leave a Reply

Your email address will not be published. Required fields are marked *