Friday , August 23 2019
Home / अनुराग पोष्ट / मोदी भ्रमणको स्थलगत अनुगमनमा आएको हेलिकप्टर निषेधित क्षेत्रमा अवतरण

मोदी भ्रमणको स्थलगत अनुगमनमा आएको हेलिकप्टर निषेधित क्षेत्रमा अवतरण

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणमा वैशाख २८ र २९ आउने भएको छ । मोदी भारतबाट हेलिकोप्टर चढेर सोझै जनकपुर अवतरण गर्ने कार्यतालिका बनेको छ।

मोदी भ्रमणको लागि  पूर्व तयारीको स्थलगत अनुगमन हुन थालेको छ । मंगलबार जनकपुरमा गृहमन्त्री गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले अनुगमन गरेका छन् ।

मोदीको नेपाल भ्रमणको पूर्व तयारीको स्थलगत अनुगमन लागि मंगलबार भारतीय बायुसेनाको हेलिकप्टर काठमाडौँ आएको छ । हेलिकप्टर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निषेधित क्षेत्रमा अवतरण गराइएको छ । जनकपुर र मुक्तीनाथको रेकी गर्न भारतीय वायुसेनाको विमान लिएर भारतीय विशेष सुरक्षाा समूहका कर्नेलको नेतृत्वको टोली हेलिकप्टरमा नेपाल आएको हो ।

भारतीय विशेष सुरक्षाा समूहका महानिरीक्षक जेठूवा अस्तीनै नेपाल आइसकेका छन् । उनी आउनुअघि नै भारतले उनको सुरक्षाका लागी भन्दै रेकी गर्न भारतीय सेना परिचालन गरिसकेको छ । मङ्गलवार काठमाडौँ आएका बायुसेना आज जनकपुर र मुक्तिनाथ रेकी गर्न जाने कार्यक्रम रहेको बताइएको छ।

यो पनि पढ्नुहोस 

भारतीय प्रधानमन्त्री मोदी काठमाडौँ नआई सिधै जनकपुर किन आउदैँछन् ?

यही वैशाख २८ देखि नेपालको औपचारिक भ्रमणमा आउन लागेको भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सिधै जनकपुर आउने भएका छन् । मोदी काठमाडौँ नआई सिधै जनकपुरमा उत्रन लागेका हुन् ।

गृहमन्त्री रामबहादुर थापा ‘बादल’का अनुसार भारतीय प्रधानमन्त्री मोदी पटनाबाट हेलिकोप्टर चढेर सिधै जनकपुर आउनेछन् र त्यहाँ जानकी मन्दिरमा पूजा गर्नेछन् । मोदी जनकपुर उत्रिने भएपछि थापाले सुरक्षा अवस्थाबारे जनकपुरमा अवलोकन गरेका छन् । मोदी काठमाडौँ नभई सिधै जनकपुरमा उत्रने भएपछि गृहमन्त्री थापाले सुरक्षा व्यवस्था मजबुत बनाउन निर्देशन समेत दिएका छन् ।

मोदी सवार विमान धनुषाको जनकपुरस्थित बाह्र बिघामा अवतरण हुने त्यहाँ नेपाल सरकारका एक वरिष्ठ मन्त्रीले स्वागत गर्ने र त्यसपछि धार्मिकस्थल जानकी मन्दिरमा पुगेर प्रधानमन्त्री केपी शर्मा ओली र मोदीले संयुक्त रूपमा रामायण परिपथको उद्घाटन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले जानकारी दिएका छन् । बाह्रविघामा नागरिक अभिनन्दन गर्ने कार्यक्रम तय भएको छ । त्यसपछि मोदी काठमाडौँ आउनेछन् र मुक्तिनाथको पनि भ्रमण गर्ने कार्यक्रम छ ।

काठमाडौँ नआई सिधै जनकपुर आउने हुँदा विभिन्न शङ्का उत्पन्न हुन थालेको छ । नेपाल सकरकारलाई भन्दा पनि मधेस केन्द्रि दलहरूलाई धेरै प्राथमिकता दिएका त हैनन् ?  मोदीले जनकपुर, काठमाडौँ हुँदै मुक्तिनाथको भ्रमण गर्नेछन् ।

जनकपुरको साँचो मोदीलाई बुझाउने तयारी !

जनकपुर । भ्रमणमा आउदा भारतीय प्रधानमन्त्री मोदीलाई जनकपुरधामको साँचो बुझाउने तयारी भईरहेको छ । धार्मिक तथा ऐतिहासिक शहर भएपनि विकास निर्माणमा पछि परेकोले जनकपुरको विकासलाई कसरी अगाडी बढाउने जिम्मेवारी सहित जनकपुरको साँचो मोदीलाई दिने मेयर लालकिशोर साहले बताए ।

नेपाल र भारत बीचको सम्बन्धमा जनकपुरको योगदान महत्वपुर्ण रहेकोले यहाँको विकासलाई गति दिन भारतीय सहयोग आवश्यक रहेको मेयर साहको भनाई छ ।

मेयर साहले भने,‘हामी मोदीको भ्रमणलाई कसरी भव्य बनाउने विषयमा गम्भिर छौ । तर त्यसका साथ साथै जनकपुरको विकासमा भारतको सहयोगको कसरी लिन सकिन्छ,त्यस विषयमा पनि छलफल गरिरहेका छौ ।’ उनले भ्रमणलाई भव्य बनाउन जनकपुर उपमहागनरपालिकाले वडाध्यक्षदेखि सम्पुर्ण कर्मचारीलाई खटाएको बताए ।

पहिलो पटक भारतीय प्रधानमन्त्री जनकपुरको भ्रमण गर्न लागेकोले त्यसलाई सफल बनाउन स्थानीय नागरिक समाजलाई समेत आग्रहा गरेका छन्।, यो खबर आजको नयाँ पत्रिकामा छ ।

दुई घण्टे मोदीको जनकपुर भ्रमण

अगामी ११ मई विहान करिव ९ वजे भारतीय प्रधानमन्त्री मोदी जनकपुर आउने गरि प्रदेश सरकारले तयारी थालेको छ । प्रम मोदीले हेलिकोप्टरबाटै जनकपुर आउन लागेको प्रदेश सरकारको भनाई छ । मोदीको जनकपुर भ्रमणको वेला तीन वटा हेलिकोप्टरसँगै आउने प्रदेश सरकारको जानकारी दिईएको छ ।

तीन वटा होलिकोप्टरलाई आवतरण गराउन फराकिलो जग्गाको आवश्यकता भएकोले अहिले सम्म स्थानीय रंगभुमि मैदानमै हेलिकोप्टर आवतरण गराउने गरि प्रदेश सरकारले तयारी गरेको छ । मोदी जनकपुरमा आवतवरण पश्चात जानकी मन्दिरमा पुजापाठ गर्ने बताईएको छ ।

मैदानबाट करिव ५ सय मिटरको दुरीमा रहेको जानकी मन्दिरमा पैदल वा गाडी जसरी गए पनि दुवै विकल्पमा प्रदेश सरकार तयारी गरिरहेको छ । त्यसका लागि जनकपुर उपमहागनरपालिकाले सो सडक खण्ड अर्थात रामानन्द चोकदेखि जानकी मन्दिरसम्म तत्काल कालोेपत्रे गर्न लागेको छ ।

source:news24nepal

About Anurag Post

Check Also

चेतावनी : पत्रपत्रिकामा राखेका खानेकुरा कहिल्लै नखानुहोस्, मसीमा हुन्छ यस्तो डरलाग्दो रसायन ?

काठमाडौं । पत्रपत्रिका वा कागजमा मिठाईहरु राखेर खाने अहिले धेरैको बानी हुन्छ । के गाउँ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *