Friday , August 23 2019
Home / अनुराग पोष्ट / ‘४/५ करोड चन्दा दिएको भरमा हाम्रो देशमा पुच्छरले माउ हल्लाइरहेका छन्’

‘४/५ करोड चन्दा दिएको भरमा हाम्रो देशमा पुच्छरले माउ हल्लाइरहेका छन्’

३३ किलो सुन काण्डले धेरैको होस हवास र निन्द्रा लागिसक्यो । गत माघमा युएईबाट त्रिभुवन विमानस्थल हुँदै आएको तस्करीको साढे ३३ किलो सुन सम्बन्धीत व्यक्तिकोेमा नपुग्दै विचैबाट गायब भएको थियो ।

साना तिनो मानिसको संलग्नतामा यती ठुलो अपराध हुनै सक्दैन । त्यसैले २/४ जना प्रहरी अधिकारी र साना तिना व्यापारी लाई समातेर प्रेस कन्फ्रेन्स गर्ने जस्तो जोक नेपाल प्रहरीले नगरोस् । तस्करीमा संलग्न र शंकास्पदहरु भटाभट तानिदै छन् जसमा पुर्व प्रहरी प्रमुखहरुको नाम पनि आउला आउला जस्तो, नआउला नआउला जस्तो कण्डिशन छ ।

केही ठुला व्यापारीहरुको नाम पनि आउने र नआउने संकटमा अड्कीएको स्पष्ट बुिझन्छ । केही उच्च प्रहरी अधिकारीहरु तानिइसके, केही तानिने क्रममा छन् । प्रहरी भित्रका हेबी वेट नाम केही दिनमा सार्वजनिक हुने निश्चीत छ तर अपराध गर्ने, दलाली गर्ने र तस्करी गर्नेलाई राम्ररी थाहा छ कि यहाँ अधिकांश प्रहरीहरुलाई किन्न सकिन्छ ।

नत्र टोल टोलका ट्यापेहरु डन बनेर व्यापारीसँग पैसा असुल्ने, अपहरण गर्ने हिम्मत राख्छन् ? देशको काया पलट गर्न हिँडेका राजनीतिक दलहरु गुण्डा पालेर बसेका छन् । जनताको सुरक्षा दिनु पर्ने प्रहरीको उच्च अधिकारीहरु तस्करीमा संलग्न छन् ।

अनि कसले दिन्छ जनतालाई सुरक्षा ? निश्पक्ष छानबिन हुने भन्या त्यस्तै हो, अब हेर्नु छ, कुन कुन व्यापारी र उच्च प्रहरी अधिकारीहरुलाई राजनीतिक संरक्षण मिल्छ । दुनियाका कस्ता कस्ता अपराध एक चुट्कीमा समाधान भएका छन्, २२ जना पक्राउ परिसकेका यति जाबो काण्डमा प्रमुख नाइके पत्ता लगाउन देशले नयाँ आइजी नै पाउनु पर्छ ?

न यो भुसको थुप्रोमा हराएको सियो हो न समुद्रमा हराएको टाइटानीक । लहरो तान्दा पहरो हल्लीन्छ र विना ठुला मानिसको संलग्नता र सेटिङमा एउटा भुसुना पनि विमानस्थलबाट छिर्दैन । जीन्दगी भरी ठुला राजनीतिज्ञ, तीनले संरक्षणमा राखेका व्यापारी र ब्रोकरहरुसँग तर्सिएरै बस्ने हो भने किन चाहियो प्रहरी किन खोल्नु प¥यो अनुसन्धान व्युरो ?

चुनावका बेला हरेक पार्टीलाइ बराबर चन्दा दिएका व्यापारीहरुको दोहोरो चरित्र नांगिनु पर्छ । जुनै पार्टीको प्रधानमन्त्री भएपनि, मन्त्री भएपनि सबको बेडरुममा पुग्न सक्ने मानिस यो देशको शत्रु हो । यस्तोलाई कुनै पनि प्रधानमन्त्री वा मन्त्रीले हल्लाउन सक्दैनन् ।
सबैसँग उत्तिकै बलियो सम्बन्ध बनाउन खप्पिस व्यक्तिहरु पुच्छर हुन् ।

जीउ अथवा माउ त मन्त्री प्रधानमन्त्रीहरु हुन् । अन्य देशमा माउले पुच्छर हल्लाउँछ तर हाम्रो देशमा चाही पुच्छरले माउ हल्लाइरहेको छ, केबल ४/५ करोड चन्दा दिएको भरमा । source:news24nepal

About Anurag Post

Check Also

चेतावनी : पत्रपत्रिकामा राखेका खानेकुरा कहिल्लै नखानुहोस्, मसीमा हुन्छ यस्तो डरलाग्दो रसायन ?

काठमाडौं । पत्रपत्रिका वा कागजमा मिठाईहरु राखेर खाने अहिले धेरैको बानी हुन्छ । के गाउँ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *