Tuesday , September 17 2019
Home / अनुराग पोष्ट / पोर्चुगलमा बसेर पोर्न स्टार बनाईदिन्छु भन्दै एक परिवारको उठिवास ! (भिडियोसहित)

पोर्चुगलमा बसेर पोर्न स्टार बनाईदिन्छु भन्दै एक परिवारको उठिवास ! (भिडियोसहित)

२२ वर्षिया युवतीलाई जिउँदो लाश बनाउँनेको कथाः ‘पोर्चुगलबाटै बिनिताको ७ पुस्तालाई सकिदिने धम्की’

काठमाडौँ । एउटा व्यक्ति कति सम्म निर्दयी र पापी बन्न सक्छ ? कपिलबस्तुकी बिनिताको परिवारले त्यो भोग्दै र देख्दै आएको छ । कपिलबस्तुकै वाणगंगा नगरपालिका वडा नम्बर ११ बस्ने धर्मबहादुर भुषालका छोरा अनुप कुमार भुषालले बिनिताको परिवारको उठिवास लगाएको छ ।

हाल पोर्चुगलको बेजा जिल्ला बस्ने कुमार भुषालले बिनितासंग फेसबुमा मायाको नाटक गरे । त्यही बेला बिनिताको केही फोटोहरु राखेर उन्ले बिनितालाई ब्रकेलमेल गर्न शुरु गरे । नेपाल आएका बेला यसरीनै ब्लेकमेल गरेर औषधि खुवाए उनले बिनितासंग शारीरिक सम्बन्ध बनाए । त्यपछि त झन् उन्ले त्यसको भिडियोनै बनाएर ब्लाकमेल गर्न शुरु गरे ।

कुमार भुषाल प्रहरी प्रशासनमा आफ्नो पहुच रहेको भन्दै पोर्चुगलबाटै बिनिताको ७ पुस्तालाई सकिदिने भनी धम्की दिईरहन्छन् ।
उनले नेपालबाट पोर्चुगल फर्के लगत्तै बिनिताको फोटो र भिडियो सामाजिक सञ्जालमा हाल्न शुरु गरे । उन्ले बिनिता र उनको परिवारको नम्वर उन्को नक्कली फेसबुक एकाउन्ट बनाई बिनिता कल गर्ल भएको भनि सम्पर्क गर्न फोन नम्बर सार्वजनिक गरिरहे ।

यति मात्र होईन उनको घरको लोकेशनसहित प्रचार गर्ने गरे । जसका करण बिनिताको परिवारले आफ्नो घर खेत बेची बसाई सराइै नै गरे । परीवार नै स¥यो, छोरीलाई लुकाउँदै आमाले भएको घर वार बेचेर अर्कै ठांउमा घर किनिन् । अझै पनि आफ्नो घर कसैलाई देखाउदैनन् उनिहरु ।

तर बसाई सराई पछि पनि परिवारले सुख पाएनन् । बिनिताका बुवा क्यानसरका कारण अपाङ् बनेका छन् । आमाले नै खेतबारीमा काम गरेर ५ छोरी एक छोरालाई हुर्काईन् पढाईन् । कुमार भुषालका कारघ घरमा आउने केटाहरुले निरन्तर परिवारलाई दुख दिईरह्यो । ५ छोरीका सट्टा ५ छोरा भएको भए आफुले घर छाड्न नपर्ने बिनिताकी आमाको दुखेसो छ ।

केटाका बिरुद्ध उजुरी गर्न आएका उनिहरुको १ बर्ष सम्म त प्रहरीले उजुरी लिएनन् । त्सपछि उजुरी दिएको १ बर्ष भईसक्यो । यो अवधीमा कुमारले बनाएका ९ ओटा फेसबुक आईडी ब्लक भईसके तर पनि उनि फेसबुक आईडी बनाउन छाडेनन् ।

अनुप कुमार भुषालले निरन्तर टर्चर दिएपछि डिप्रेसनमा छिन् बिनिता । सम्झने शक्ति पनि कम भईसक्यो । औषधि खुवाएर मात्र निदाउन सक्छिन् ।

अहिले भने विनिताले आफ्नो लडाई आफै लड्ने निर्णय गरेकी छिन् । जिवन भर डराई डराई शोषण हुनु भन्दा खुलेरै लड्ने भनि सिधा कुरामा अएको बताउछिन् ।

बिनिता जत्री छोरी भएका कुमारले बिदेशबाटै बिनितालाई मायाको नाटक गरे । तर त्यो फेसबुकमा बसेको मायाले यति सम्म गर्छ बिनिताले कहिलै सोचिकी पनि थिईनन् ।

अछाममा रक्सी पिएका वडा अध्यक्षद्वारा स्थानीय कुटिएपछि….

अछाम । अछामको ढकारी गाँउपालिका ४ का वडा अध्यक्ष भतm बुढाले स्थानीय वीर बहादुर थापालाई निर्घात कुटपिट गरेका छन् ।

स्थानीय बिद्यालय निमार्णमा मजदुरी गरेर फर्किदै गर्दा वडा अध्यक्ष बुढासहित उनका सहयोगी पदम बुढाले मदिरा सेवन गरेर आफुमाथि आक्रमण गरेको उनको पीडित बताउछन् ।

अहिले जिल्ला अस्पतालमा उपचार गराईरहेका वीर बहादुरको आँखा, नाक, मुख र बिभिन्न शरीरका विभिन्न ठाउँमा चोट लागेको छ ।

घट्नाबारे बुझ्न जिल्ला प्रहरी कार्यालय अछामको टोलि बलाता पुगे पनि वडा अध्यक्ष नभेटिएको भन्दै फर्किएको जनाएको छ ।

पीडितका दाजु कृष्ण थापाले घटनाको विस्तृत छानविन गरी दोषीलाई कानुनी कारवाही गर्न माग गरेका छन् ।

‘बिश्रामपुर गाँउपालिका’को कर्मचारीले कमिशन नलिई काम गर्नै मान्दैनन्

बारा । बाराको बिश्रामपुर गाँउपालिका कर्मचारीले कमिशन बिना कामै नगर्ने भएपछि काम गर्न समस्या भएको गाँउपालिका अध्यक्ष अमिरलाल पालले गुनासो गरेका छन् ।

गाँउको स्वास्थ्य चौकीमा अत्यवाश्यक औषधि खरीदका लागि गाँउपालिका अध्यक्ष सहितले ६ महिना अघि नै निर्णय गरेको भएपनि कर्मचारीले कमीशन मागेकै कारण अहिलेसम्म औषधि खरीद गर्न नसकिएको अध्यक्षको आरोप छ ।

यति मात्रै होइन कार्यालयमा लेखापाल महिनामा ४/५ दिन मात्रै आउने गरेकोले विकासका कामको भुक्तानी गर्न नसकीएको दुखेसो पोखेका छन् । सिंगो गाँउपालिका भर १ जना मात्रै सचिव छन्, उनले समेत कमिशन बिना काम नगर्ने भएपछि गाँउगाँउमा बाटो ढलान तथा नाला बनाउने काम समेत प्रभावित पर्ने गरेको छन् ।

बल्लबल्ल गाँउपालिकामा हाजिर हुने कर्मचारीलाई कामको बिषयमा गुनासो गरे कार्यालय नै नजाने गरेपछि थप समस्या सिर्जना हुने गरेको छ ।

सरकारले गाँउपालिका अध्यक्षहरुलाइ समीति स्रोतसाधन र कागजी अधिकारकै भरमा सिंहदरबारको आशा देखाएकाले काममा समस्याका भएको उनको भनाइ ।

बाराको बिश्रामपुर गाँउपालिकाका अध्यक्ष अमिरलाल पालको यो गुनासो एक प्रतिनीधि घटना मात्रै हो । स्थानीय निकायका जनप्रतिनीधि र कर्मचारीको मेल नमील्दा सर्वसाधारण रनभुल्ल छन् । source:news24nepal

About Anurag Post

Check Also

चेतावनी : पत्रपत्रिकामा राखेका खानेकुरा कहिल्लै नखानुहोस्, मसीमा हुन्छ यस्तो डरलाग्दो रसायन ?

काठमाडौं । पत्रपत्रिका वा कागजमा मिठाईहरु राखेर खाने अहिले धेरैको बानी हुन्छ । के गाउँ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *