Monday , October 14 2019
Home / अनुराग पोष्ट / ७ करोडको पिच केही दिनमै यसरी उप्कियो, सिधाकुरा टिममाथी गुण्डागर्दीको प्रयास ! (भिडियोसहित)

७ करोडको पिच केही दिनमै यसरी उप्कियो, सिधाकुरा टिममाथी गुण्डागर्दीको प्रयास ! (भिडियोसहित)

गोरखा सडक मर्मतका लागि ७ करोड बजेट, तर काम भने यस्तो ! हेर्नुहोस भिडियो 

गोरखा । आँबु खैरेनीदेखि गोरखा बजारसम्मको २४ किलोमिटर सडक कालोपत्रेमा चरम लापरवाही भएको देखिएको छ । आशिष सेवा जेभी पोखराले ७ करोड बढीको लागतको आयोजनामा अहिले सडकको २ छेउमा कालोपत्रे हाल्ने काम भैरहेको छ ।

तर अघि अघि कालोपत्रे पेल्दै जाने पछि पछि उक्कीदै गएको छ । सवारी साधानको चाप पर्दा वित्तिकै कालोपत्र भत्किने गरेको छ ।
एक ठाँउमा मात्रै होइन सडकका विभीन्न ठाँउको कालोपत्रेको अवस्था यस्तै छ ।

यसपछि हामीले काम भैरहेको स्थानमा पुगेर निर्माण कम्पनीका प्रतिनिधी राजेन्द्र सापकोटलाई भेट्यौँ । कालोपत्रे कुन लेवलमा कति राख्नु पर्छ भन्नेमा उनि नै अन्योलमा थिए ।

काम धमाधम भैरहेको थियो । डिभिजन सडक कार्यालय दमौलीबाट सडकका लागि खटिएका कुनै इञ्जीनियरको त्यहाँ थिएन ।

मात्रै एक सुपरभाइजर थिइन् । उनले पिचको अवस्था यस्तो हुनुपर्ने मात्रै भन्न सकिन् तर पिच यस्तो भैरहेको छ भन्न सकिनन् ।

७४ चैत मसान्तसम्म म्याद रहेको यो आयोजनको २ महिना थप गरी २०७५ जेठसम्म पु¥याइएको छ तर २६ किलोमिटर सडकमा कालोपत्रे थप्ने काम सुरु नै भएको छैन । राज्यको कमजोर निगरानीकै कारण यस्ता सडक कमजोर हुने गर्दछन् ।

गोरखा बारपाकको बाटो जान सिधा कुरा टिमलाई यसरी रोकियो !

गोरखा । गोरखाको घुस काण्ड र सडक कालोपत्रेको रिपोर्टीङ सकेर हामी काठमाडौं फर्किदै थियौँ । गोरखाकै १२ किलो भन्ने स्थानमा आउँदा एउटा टिपरले हाम्रो बाटो छेक्यो । यो ट्रिपरका चालकले आँफुलाइ विपिन पोख्ररेल भन्ने व्यक्तिले यो गाडी रोक्न लगाएको भन्दै हामीलाई अघि बढ्न् दिएनन् ।

जबरजस्ती अघि बढे अर्को ठाँउमा आफ्ना साथिहरुले रोक्ने भन्दै धम्की दिए । यति सम्मकी टिपरबाट ओर्लिएर प्रहरीकै अगाडी उन्ले हाम्रो गाडी रोके ।
गोरखाको बारपाका जाने चोकमा उनले हाम्रो टिमलाई रोकी बारपाक जाने भए केही समय कुर्नु पर्ने बताए । पछि हामी काठमाडौँ तर्फ जादै गरेको भनेपछि उन्ले कुनै अन्य व्यक्ति सँग फोन सम्पर्क गरे ।

फोनमा ती व्यक्तिले काठमाडौँ जाँदै गरेको भए नरोक्न भनी उनलाई भने । तर उन्ले हाम्रो टिमलाई रोकिरहँदा त्यही चोकमा उपस्थित प्रहरी हबल्दारले यो देखेपछि उनलाई प्रहरी चौकीमा उपस्थित हुन भने । हाम्रो टिम पनि यस विषयमा बुझ्न १२ किलो भन्ने स्थानमा रहेको प्रहरी चौकी पुग्यौँ । हामीले घटनाबारे प्रहरीलाई जानकारी गराउँदै लिखित निवेदन दियौँ ।

शुरुमा यही गाडीलाई रोक्न भनिएको भन्ने उनले चौकीमा पुगेपछि भने अकैँ गाडीलाई रोक्न भनिएको र आफुले गल्तीले यो गाडी रोकेको भनी बयान दिए । बयानमा उनले बारपाक सामान पठाउन गाडी रोकेको भने पनि गाडी रोक्दाको उनको रवैया र धम्कीको भाषा भने केही अरुनै बयान गरिरहेको थियो ।

बुटवल यातायात कार्यालयमा ८ सय दिए ८ मिनेटमै काम हुन्छ

बुटवल । यातायात कार्यालय बुटवलमा कर्मचारीकै भेषमा बिचौलीयाहरुले दलाली गर्ने गरेका छन् । कार्यालयमा पुग्ने सेवाग्राहीसँग कर्मचारीकै जस्तो पोशाका लगाएका दलालहरुले कर्मचारीसँग सेटीङ मिलाएर सेवाग्राहीसँग पैसा अशुल्ने गरेका छन् ।

बुटवलका सागर खनाल शुक्रबार सवारी चालक अनुमती पत्र नविकरणका लागि यातायात व्यवस्था कार्यालयमा सवारी चालक अनुमती पत्र लिने लाइनमा बसिरहेको थिए । सोही बेला यातायात कार्यालय बुटवलका कर्मचारीहरुकै जस्तै पोशाक लगाए यि व्यक्ति आएर केही पैसा दिए क्षणभरमै काम गरिदिने बताए ।

यसपछि सागर खनालका सबै कागजपत्र उनले लिएर कार्यालयका सबै फाँटमा निर्वाध यसरी काम गराए । उनी कार्यालयका कर्मचारी थिएन तर कार्यालयका कर्मचारीले लाइनमा बसिरहको अन्य सर्वसाधारणको काम रोकेर उनको काम धमाधम गरिदिएका थिए ।

केही छिनमै उनको सवारी चालक अनुमती पत्र नविकरणको लागि राजश्व बुझाए र सवारीचालक नविकरणको पुर्जी थमाउँदै १ हजार रुपैयाँ मागे पनि ८ सय रुपैया लिए ।

यो सम्पुर्ण घटना ८ मिनेट भित्रको थियो । ८ सय रुपैया दिएर ८ मिनेटमा काम भएपछि सेवाग्राही अच्चमित थिए । तर दलाललाई पैसा नदिने सेवाग्राहीले त यही कामका लागि दिन भर लाईनमा बस्दा पनि काम हुदैन् ।

यस अघि सवारी चालक अनुमती पत्रको पुन परीक्षा दिनका लागि समेत कार्यालयले पटक पटक सुचना जारी गर्ने तर ३ दिनसम्म पनि सर्भर फेल भन्दै पटक पटक प्रयोगात्मक परीक्षा स्थगित गरीरहेको थियो ।

हेटौंडा अस्पतालमा डाक्टरहरुको मनोमानी, बेवारीसे शब राख्ने रेफ्रिजेरेटरसमेत बिग्रियो

  • देवराज पन्त,

हटौंडा । मकवानपुरको जिल्ला अस्पताल हेटौंडा अस्पतालमा चिकित्सक र अस्पताल विकास समितिको मनोमानीका कारण बिरामी निजी अस्पताल तथा किल्नी धाउन बाध्य छन् । अस्पतालमा आउने बिरामी जिल्ला अस्पतालमा नाम दर्ता गराएर उपचार गराउन डाक्टरको फुर्सद कुरेर बस्न बाध्य छन् ।

सरकारले तोकेको सातामा न्युनतमा ४२ घण्टा अस्पतालमा काम गर्नु पर्ने नियम लत्याउँदै अस्तपालले नै सातामा ३५ घण्टा तोकेको छ । अस्पतालका चिकित्सक मेडिकल सुपरिटेन्डेन्ट कमल दवाडी, बाल रोग बिशेषज्ञ हरी बहादुर खड्का दिउँसो १ बजे देखिनै सोही स्थानको हेटौडा सहकारी अस्पताल, गुराँश मेडिकलमा काम गर्छन । उनिहरुकै समय तोकेर सहकारी अस्पताल र किल्नीले यसरी बिरामीको नाम दर्ता गराइरहेको हुन्छन् ।

अस्पतालको लापरवाही यती मात्रै होइन अस्पतालमा रहेको एक्सरे मेसिनसमेत कर्मचारीहरुले नियतबस बिगारेको भेटिएको छ । केहि साता अघि मात्रै स्वास्थ्य मन्त्रालयको अनुगमनले बाहिर नीजि क्लिनिकको व्यापारका लागि भित्रको एक्सरे मेसिन जानजान हतियार प्रयोग गरेर बिगारेको प्रतिवेदन दिएको छ ।

यती मात्रै होइन अस्पतालमा लामो समय परीक्षणका लागि राख्नु पर्ने तथा वेवारीसे शब राख्ने रेफ्रिजेरेटर समेत बर्षौदेखि बिग्रीएको छ । अस्पतालको सामान्य खर्चमा मात्रै बन्न सक्ने रेफ्रिजेरेटर नबनाउँदा कुनै पनि २ दिन भन्दा बढी राख्न समस्या हुने गरेको छ ।

source:news24nepal

About Anurag Post

Check Also

आज राती कोजाग्रत पुर्णिमा माता लक्ष्मी पृथ्वीमा आउने रात, चम्किनेछ यी ४ राशिको भाग्य ! हेर्नुहोस

बडादशैँको अन्तिम दिन यो दिनलाई कोजाग्रत पूर्णिमा वा शरद पूर्णिमा पनि भन्ने गरिन्छ । दशैंको …

Leave a Reply

Your email address will not be published. Required fields are marked *